Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

लोडसेडिङ कुलमानले होइन केपी ओलीले अन्त्य गरेका हुन् : मुख्यमन्त्री पोखरेल

लोडसेडिङ कुलमानले होइन केपी ओलीले अन्त्य गरेका हुन् : मुख्यमन्त्री पोखरेल

  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देशमा लोडसेडिङको अन्त्य प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेकपा ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  पोखरेलले देशमा लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्रीले गरेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनको भनाइ छ । नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’

    AGNI GROUP

    उनले कुलमानले विद्युत चुहावट नियन्त्रणमा सहयोग गरेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भारतबाट २५० मेगावाट विद्युत खरिद गरेसँगै लोडसेडिङ अन्त्य भएको दाबी गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij