
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.४०% बोनस सेयर र करसहित ५.२०% नगद गरी कुल ७.६०% लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि प्रस्तावित लाभांश वितरण गरिनेछ । गत वर्ष कम्पनीले ७.७०% बोनस सेयर र करसहित ३.३०% नगद गरी कुल ११% लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij