Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

‘नातु नातु’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड

‘नातु नातु’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड

  • दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नातु नातु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ ।

    images
    images
    images

    अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण फिचर्ड गीतले अवार्ड हात पारेको हो । यस अवार्डलाई दक्षिण सुपरस्टार चिरञ्जीवीले एक ठुलो ऐतिहासिक उपलब्धि रहेकाे बताएका छन् ।

    यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन् । संगीतकार एमएमले अवार्ड ग्रहण गर्दै राजामौली र फिल्मका कलाकारलाई धन्यवाद दिंदै भावुक भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् ।

    यसपटकको अवार्ड समारोह ‘आरआरआर’ दुई विधामा मनोनयनमा परेको थियो । आरआरआर उत्कृष्ट गैर अंग्रेजी चलचित्र विधामा पनि मनोनित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij