Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

बैठक

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा छलफल

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा छलफल

  • काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको संरक्षण, ग्यालरी बैठक पुनर्निर्माण र संसद भवनको निर्माण अवस्था तथा बहुविवाहसम्बन्धी कानुनमाथि गम्भीर छलफल भएको छ ।

    images
    images
    images

    बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकमा अवस्थित पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण गरिएको व्यायामशाला तथा स्वयम्भू क्षेत्रको जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा व्यापक छलफल भएको हो ।

    images

    छलफलमा पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले हाल विभागले गरिरहेका कार्य र चुनौतीबारे जानकारी दिँदै विभागको मुख्य जिम्मेवारी भौतिक संरचनाको सुरक्षा र संरक्षण रहेको बताइन् ।

    साथै, गुठी संस्थानसँग जग्गासम्बन्धी सम्पूर्ण डाटा रहेको र कार्यक्षेत्र फरक भएको उल्लेख गर्दै सार्वजनिक क्षेत्रको अतिक्रमण रोक्न विभागले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

    उनले भनिन्, ‘जुन काम रोकिरहेका छन् यसरी छलफल गर्नु राम्रो पक्ष हो । चाहेर पनि धेरै कामहरु गर्न नसकेको कुरा सत्य नै हो । अहिले पुरातत्व विभागकले काम भनेको हाम्रो भौतिक संरचनालाई सुरक्षा गर्ने र त्यसको संरक्षण गर्ने काम गरिरहेका छौं ।  जग्गा सम्बन्धी गुठी संस्थानसँग सबै डाटा रहेको अवस्था छ । कामको क्षेत्र पनि फरक हो । विभागले कतिपय त्यस्तो सार्वजनिक क्षेत्रमा काम गरिरहँदाखेरि त्यसमा अतिक्रमण गर्न नहुँने र नगराउने सम्बन्धमा धेरै अभिमुखिकरण कार्यक्रम गर्दै पनि आइरहेका छौं ।’

    images

    यस्तै, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले ग्यालरी बैठकको पुनर्निर्माणको प्रगति र संसद भवनको निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिए । उनले भने, ‘आगामी पुस १६ गतेसम्म संसद भवनको म्याद थप भएको छ । त्यहाँभित्र रहेका धेरै संरचनाहरु हामीले व्यवस्थापन गरिसकेका छौं ।’

    उनका अनुसार, संसद भवनमा अहिले ४६ प्रतिशत भौतिक प्रगति भएको छ भने ग्यालरी बैठक पुनर्निर्माणमा २५ प्रतिशत प्रगति भएको छ । तर, उनले यो वर्षको समग्र प्रगति सन्तोषजनक नभएको बताए ।

    बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले बहुविवाहसम्बन्धी कानुनको प्रारम्भिक मस्यौदा सार्वजनिक भएपछि उत्पन्न विरोधबारे आवाज उठाइन् ।

    उनले भनिन्, ‘यो बहुविवाह सम्बन्धी कानुनु मन्त्रालयले एउटा ड्राफ्ट तयार गरेको छ, अब त्यो ड्राफ्टले हाम्रो टाउको दुखाई सकेको छ । देशभरिका महिला संगठनहरुले विज्ञप्ति निकालीसकेका छन् । जिल्ला जिल्लामा महिलाहरुले विज्ञप्ति निकालिरहेका छन्, मानौं की कानुन नै बनिसक्यो भन्ने गरी आइरहेको छ ।’

    उनले तत्काल कानुन मन्त्रालयसँग समन्वय गर्न सभामुखमार्फत आग्रह समेत गरिन् । सौता उपहार दिन खोजिरहेको छ कानुन मन्त्रालयले गर्न खोजेको के हो ? ५१ प्रतिशत महिलाको संख्यालाई हेप्न खोजिएको हो ? भन्दै उनले आपत्ति जनाइन् ।

    उनले भनिन्, ‘तुरुन्तै कानुन मन्त्रालयलाई समन्वय गर्नलाई सभामुखद्वारा आग्रह गर्न चाहन्छु । सौता उपहार दिन खोजिरहेको छ यो कानुन मन्त्रालयले गर्न खोजेको के हो ? ५१ प्रतिशत महिलाको संख्यालाई हेप्न खोजेको हो ?’

    बैठकमा विभिन्न सांसदहरूले सार्वजनिक सम्पदाको संरक्षण, निर्माणाधीन संरचनाहरूको गुणस्तर र पारदर्शिता तथा सामाजिक न्यायसहितका कानुनी विषयमा गहन छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij