Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

कञ्चनपुरमा नौलो अभ्यासः स्थानीय सरकारमाथि प्रत्यक्ष नागरिक निगरानी

कञ्चनपुरमा नौलो अभ्यासः स्थानीय सरकारमाथि प्रत्यक्ष नागरिक निगरानी

  • महेन्द्रनगर । सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सञ्जिवनी नेपालले पारस्परिक जवाफदेहीता परियोजनाअन्तर्गत उक्त वडामा स्थानीयसभा गठन गरेपछि सुशासन र वडा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका लागि स्थानीयले वडा कार्यालयबाट हुने सेवा प्रवाह र विकास निर्माणका आयोजनामा निगरानी गरिरहेको स्थानीय शिक्षक भक्तराज भण्डारीले जानकारी दिए ।
    वडा कार्यालयबाट हुने योजना र बजेटकाबारेमा वडाका केही व्यक्तिबाहेक कसैलाई थाहा नभएको र स्थानीयसभा गठनपछि वडाका अधिकांश समस्या समाधान भएको उनको भनाइ छ ।

    AGNI GROUP

    वडामा रहेका आमासमूह, शिक्षक, विभिन्न टोलका अगुवा मिलेर गठन गरेको स्थानीयसभाले वडा कार्यालयबाट हुने सेवा प्रभाव, विकास निर्माणका योजना र समाजमा रहेका अन्य समस्याका विषयमा १५ दिन अथवा तीन महिनामा छलफल गरी सुशासन र पारर्दशीताका लागि आवाज उठाउने गरेका छन् ।

    सभामा छलफल गरेर वडा कार्यालयबाट हुने सेवा प्रभावहमा ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता तथा समुदायमा रहेका अन्य समस्याका विषयमा समेत छलफल गरी समस्या समाधानका लागि वडाध्यक्षलाई अथवा नगर प्रमुखलाई सुझाव दिने गरेको स्थानीयसभाका सदस्यको भनाइ छ ।

    त्यसैगरी मुक्त कमैया शिविरकी चुनुदेवी डगौरालाई वडा कार्यालयबाट दिइने सेवासुविधा र वडामा हुने विकास निमार्णका बारेमा कुनै जानकारी थिएन । उनले आफू स्थानीयसभामा सदस्य भएपछि मुक्त कमैयाका लागि बजेट आउने गरेको थाहा पाएको बताइन् ।

    वडाध्यक्ष मोहनबहादुर बस्नेतले स्थानीयसभाले जनताका समस्या लिएर आउने गरेको बताए । “स्थानीयसभाले यहाँ समस्याको पहिचान गरिदिदा वडा कार्यालयलाई पनि काम गर्न सहज भएको छ”, उनले भने, “समस्या समाधान लागि अग्रसर रहेका छौँ ।”

    सञ्जिवनी नेपालका अध्यक्ष नितु भट्टले स्थानीय अगुवा मिलेर बनेको सभाले वडाको विकासका लागि छलफल गर्ने गरेको बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij