Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव, राष्ट्रपतिलाई महाअभियोग र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन खोजेपछि प्रतिनिधिसभा विघटन गरेको र ताजा जनादेशमा जान बाध्य पारिएको कृष्णगोपाल श्रेष्ठको भनाइ छ। केपी ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले पुष्पकमल दाहाल र प्रचण्ड फरकफरक भएको दाबी गरेका छन्। नेकपा एमालेसँग एकता गर्दा पुष्पकमल दाहाल भएका उनी फेरि प्रचण्डको रुपमा गलत रूप लिएको दाबी उनले गरेका छन्। ‘मतपत्र च्यातेर खाएर अनेक गरेकै हो नि। स्थानीय निकायको निर्वाचनमा केपी ओलीसँग नमिलेका कारण पुष्पकमल दाहाल हार्न परेको थियो,’ उनले भने ‘अहिले पुष्पकमल दाहाल र प्रचण्ड दुई थरी भएको छन्।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij