Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्ने भएको छ। बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो १२ बजे शुरु हुने भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ ।
प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड–नेपाल समूह विरोधका कार्यक्रमा केन्द्रित बनेको छ भने ओली समूहले चुनावी सभाको झल्को दिने गरी कार्यकर्ता भेला गरिरहेको छ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली काठमाडौंमा आयोजना हुने सबै जसो कार्यक्रममा लगातार सहभागी हुँदै आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij