Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

बाबुरामको टिप्पणी : ‘ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिए’

बाबुरामको टिप्पणी : ‘ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिए’

  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा) का नेता डा बाबुराम भट्टराईले नेकपाभित्रको घर झगडाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आगो लगाइएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आर्किटेक्ट इन्जिनियर समेत रहेका भट्टराईले जीन्दगीभरको मेहनतले संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाएको तर नेकपाभित्रको घर झगडाले त्यसलाई भत्काउने काम भएको टिप्पणी गरे । उनले ट्वीट गर्दै भने, ‘एक आर्किटेक्टको अनुभूति : जिन्दगीभरको मेहनतले ’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए !”

    AGNI GROUP

    प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा संसद विघटन गरेपछि सत्तारुढ नेकपा दुई कित्तामा विभाजन भएको छ ।

    एक समूहको नेतृत्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरिरहेका छन् । केन्द्रमा नेकपाभित्रको विवादका कारण प्रदेशहरुमा समेत त्यसको असर देखिन थालेको छ । प्रदेश नं १ र बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    यसै प्रसंगमा डा भट्टराईले त्यसलाई मिलाउनका साटो नेताहरु त्यसबाट फाइदा लिनको लागि लागिपरेको टिप्पणी गरेका छन् । त्यस्तै छिमेकीको रुपमा रहेको प्रतिपक्ष भने रमिते बनेर बसेको बताएका छन् ।

    ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन्। छिमेकी रमिते ! लौन आगो निभाऊॅ !’ उनले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij