
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौँ । इलामको साङरुम्बामा एक महिला मृत अवस्थामा भेट्टिएकी छन् । इलाम नगरपालिका– १२ साङरुम्बा निवासी ३५ वर्षीया कमला तामाङ मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
शव सड्न लागेको अवस्थामा रहेको र शवको प्रकृति हेर्दा चार पाँच दिन भइसकेको प्रहरीले बताए । अहिले शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij