Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सापकोटा र भुसाललाई माओवादीले बनायो उपाध्यक्ष

सापकोटा र भुसाललाई माओवादीले बनायो उपाध्यक्ष

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ। सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ। महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको थियो। 

    AGNI GROUP

    माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ। माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष छन्। उपमहासचिवमा भने हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन्।

    त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य छन्।

    कोषाध्यक्षमा श्रीराम ढकाल छन्। अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना पुगेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij