Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

  • भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्नेछन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी,  उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ।  

    AGNI GROUP

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वत्रा सोमबार बिहान १०:३० बजे काठमाडौं उत्रने कार्यक्रम रहेको छ। नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विलादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला पौड्याल राई, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई भेट गर्नेछन्।

    २ दिने भ्रमण सकेर विदेश सचिव क्ववत्रा मंगलवार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij