Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँट

एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँट

  • काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडको  आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट भएको गरेको हो।

    images
    images
    images

    कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ६९ हजार जनाले पाएका हुन् ।

    उक्त आईपीओमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका आवेदन परेकामध्ये ६ हजार ५०२ आवेदन रद्द भएको भएर बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

    कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कात्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij