
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट आजदेखि एकिकृत कारोबार सुरु भएको छ ।
दुवै कम्पनीको पुस २९ गते सम्पन्नसाधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो । मर्जर पश्चात बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहलमा रहको छ । दुवै संस्था १/१ को स्वापमा मर्ज भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij