Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएपछि प्रवक्ताबाट हटाएको बताएका छन्।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रवक्ता भनेर तोक दिएको थियो, प्रवक्ताले साह्रै बढी छ्यासछ्यास गरेर दुर्गन्ध फैलाउने काम गर्नुभयो, त्यसपछि प्रवक्ताबाट वहाँलाई हटाउनुपर्यो’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij