Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

मन्त्रिपरिषद् बिस्तारको कारण एक हप्ता भित्र पेस गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद् बिस्तारको कारण एक हप्ता भित्र पेस गर्न सर्वोच्चको आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तार गर्नुको कारण एकसाता भित्र पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज (सोमवार) मन्त्रिपरिषद् बिस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पुस ५ गते प्रतिनिधि विघटन भएपछि राजीनामा दिएका केही मन्त्रीहरुको स्थानमा काम चलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० गते ९ मन्त्री नियुक्त गरेका थिए। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न आदेश गरेकै दिन बेलुका मन्त्रिपरिषद् बिस्तार गरिएको थियो। सोही दिन राष्ट्रपति विद्यादेवि भण्डारीले उनीहरुलाई सपथ गराउँदै नियुक्ति दिएकी थिइन्।

    AGNI GROUP

    उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गरेको र पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij