Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

ल्यापटप चोरी आरोपमा एक किशोर पक्राउ

ल्यापटप चोरी आरोपमा एक किशोर पक्राउ

  • काठमाडौैँ । बुटवलमा साेमवार ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने  १९ वर्षीय शुक्र परियार रहेका छन् । परियारले घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल र २ थान स्पिकर चोरी गरिरहेका बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    images

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी परियारमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij