Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

देशमा संकटकाल लगाउन दिन्नौं :माधव नेपाल

देशमा संकटकाल लगाउन दिन्नौं :माधव नेपाल

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षडयन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षडयन्त्र सफल नुहने बताए । पुरानो व्यवस्थाको पुर्नस्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उनको आग्रह छ । पुरानो व्यवस्थाको पुर्नस्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उनले बताए ।

    AGNI GROUP

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाई छ ।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताए । प्रतिगमनको पक्षमा नजाने उनको भनाई छ ।

    पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुधबार नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij