Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भृकुटीमण्डपमा फर्निचर एक्स्पो आयोजना हुँदै

भृकुटीमण्डपमा फर्निचर एक्स्पो आयोजना हुँदै

  • काठमाडौँ । असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । आगामी असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्मनेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले एक्स्पो आयोजना गर्न लागेको हो ।

    images
    images
    images

    एक्स्पोको सन्धि कार्यक्रमको आयोजना गरी आयोजकले एक्स्पोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो । इभेन्ट लन्चिकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको र पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भएको आयोजकको दाबी छ ।

    नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij