Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

जेठ ३२ मा प्रधानन्यायाधीशमा कार्की नियुक्तिको निर्णय हुने

जेठ ३२ मा प्रधानन्यायाधीशमा कार्की नियुक्तिको निर्णय हुने

  • काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिकोसोमबार बसेको  बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि जेठ ३२ गते निर्णय गर्ने तयारी गरेको हो ।

    images
    images
    images

    यसअघि समितिका सचिव पद्मप्रसाद पाण्डेले असार १ गतेभित्र सुनुवाइ प्रक्रिया टुङ्ग्याउने प्रस्ताव पेस गरेतापनि उजुरीहरुको प्रकृति गम्भीर नरहेका कारण सांसदहरुले जेठ महिनाभित्र नै सुनुवाइ प्रक्रिया टुङ्ग्याउने निर्णय गरेका थिए ।

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न आजको बैठकमा सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ ।

    गत वैशाख २५ गते संवैधानिक परिषदबाट कार्की प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij