Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

आगलागीमा परी इलाममा सात घर जलेर नष्ट

आगलागीमा परी इलाममा सात घर जलेर नष्ट

  • काठमाडौं । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् । माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन ।

    images

    सोमवार राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांस समान पुर्ण रुपमा जलेर नष्ट भएका छन । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij