Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

यस वर्ष झरेनन् भोटे !

यस वर्ष झरेनन् भोटे !

  • वासुदेव पौडेल र नीरज थकाली, गण्डकी । चिसो मरुभूमीमा पुस्तौंदेखिका विभिन्न अनुभव तथा भोगाइ सङ्गाल्दै बसेका हिमाली क्षेत्रका बासिन्दाको पहाडी तथा तराई क्षेत्रमा बिताउने समय हो हिउँद । 
    भोटतिर बस्ने भएकाले बोलिचालीको भाषामा भोटेका रुपमा परिचत हिमाली क्षेत्रका सर्वसाधारण कात्तिक लागेसँगै पहाड तथा तराईतिर झर्ने र हिमाली जडीबुटीको व्यापार गरी चैततिर फर्कनु उनीहरूका लागि प्राचीनकालदेखिको संस्कृति जस्तै बनेको छ ।

    onlinepatrika
    Arghakhachi

    भोटे झरेसँगै पहाडी तथा तराई क्षेत्रमा हिउँद आएको झल्को दिने गरेको कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका ८६ वर्षीय तिलकराम पौडेलको अनुभव छ । बाक्ला बख्खु कपडासहित जिम्बु, सियो, हुप र अनेक जङ्गली जडीबुटी ल्याएर कोदो तथा चामलसँग साटेर जाने हिमालपारिका मानिसहरूको आगमनले जाडोको याम भित्रिएको अनुभव गराउने गरेको उहाँले बताउनुभयो । “हिमालपारिका मानिस मात्र नभएर पहाडबाट पनि विगतमा नून लिनका लागि भोट जाने प्रचलन थियो,” उहाँले भन्नुभयो, “विकासको गतिसँगै बाटोघाटो र यातायातको सुविधाले नून लिनका लागि भोट जाने प्रचलन हराएको हो ।” आफू सानो छँदा मुस्ताङको लेतेलगायतका स्थान पुगी नून ल्याएको उहाँको अनुभव ताजै छ ।

    AGNI GROUP

    सडक यातायातले पहाडी सर्वसाधारणको नून लिनका लागि भोट जानुपर्ने बाध्यता हटे पनि हिमाली सर्वसाधारण भने जाडो छल्नका लागि पहाडतिर झर्नु अझै पनि बाध्यता जस्तै छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यसवर्ष भने अधिकांश भोटे पहाडतर्फ नझरेको मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–ं१ मराङका नवाङ रिमझिम विष्टले बताउनुभयो । 

    “विगतका वर्षमा धेरै हिमाली जाडो छल्नका लागि पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानमा पुग्ने गर्दथे”, उहाँले भन्नुभयो, “यस वर्ष कोरोनाको डरले गर्दा अधिकांशले हिमाली क्षेत्रमा नै जाडो कटाएर बसिरहेका छन् ।” भोटे झरेसँगै उनीहरूले ल्याउने जिम्बु,, यार्सागुम्बा, पाँच आँैंले, निरमसी, बोझो आदि खरिद गरी पहाडीहरूले राख्दछन् भने हिमालीहरूले त्यससँग पैसा वा अन्य चामल, कोदो आदि साट्ने गर्दछन् । हिमाली जडीबुटी जिम्बु यतिखेर धेरैजसोका घरका भान्छामा पाउने गरिन्छ । पछिल्ला समयमा बढ्दै गएको थकाली खानाप्रतिको मीठो स्वादमा जिम्बुको ठूलै भूमिका छ । 

    विशेष गरी दाल झान्ने प्रयोजनमा सर्वसाधारणले यसको उपयोग गर्दछन् । बास्नादार जिम्बुले झानेको दालमा छुट्टै स्वाद त हुन्छ नै यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ । रुघाखोकी लागेका व्यक्तिले जिम्बु राखेर पकाएको पानी पिएमा निको हुने र स्वाशप्रश्वासजन्य अन्य समस्यामा पनि यसले फाइदा पु¥याउने गर्दछ । कोरोना महामारीको वर्तमान अवस्थामा रुघा एवं स्वाशजन्य समस्यामा पनि जिम्बु अत्यन्त उपयोगी मानिएको छ । समुद्री सतहबाट तीन हजार मिटर भन्दा माथिको हिमाली क्षेत्रमा जिम्बुलगायत हिमाली जडीबुटी पाइन्छन्् ।

    विशेष गरी जिम्बु टिप्ने समय असार साउनको समय भए पनि यसवर्ष कोरोनाका कारण विगतका तुलनामा कमी आएको यहाँका स्थानीयवासी बताउँछन् । उक्त समयमा जिम्बु हरियो देखिने भएकाले टिप्नु उपयुक्त मानिन्छ । टिपेर ल्याएको जिम्बु सुकाएर मात्रै बेचिन्छ । जिम्बु जस्तै हिमाली क्षेत्रमा पाइने निरमसी, पाँचऔंले असोजतिर टिप्ने गरिन्छ ।  हिमाली भू–भागमा चिसो बढेपछि जिम्बु तथा अन्य हिमाली जडीबुटी लिएर पहाड तथा तराई झर्ने यहाँका सर्वसाधारण पहाडी तथा तराईका सर्वसाधारणसँग मितेरी साइने गास्ने गर्दछन् । मितेरी साइनो गासिएसँगै हिमाल, पहाड र तराईका बासिन्दाबीच एकआपसमा अन्तरघुलन हुन सहयोग पुग्ने गरेको छ । 

    आफ्नो पहाडी तथा तराई क्षेत्रको बसाइँलाई सुरक्षित तथा प्रभावकारी बनाउन मितेरी साइनोले निकै सहयोग पुग्ने गरेको हिमालीहरूको अनुभव छ । हिमाली भेगबाट विगतमा जिम्बु लिएर गाउँगाउँमा पुग्ने क्रम अत्याधिक हुने गरेकोमा यसवर्ष भने कोरोनाको जोखिम बढेकाले धेरैजसो नझरेको मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ नाउरीबोटकी ९० वर्षीया भीमकुमारी शेरचनले बताउनुभयो । विगतका वर्षमा चिसोको समयमा धेरै हिमाली पहाड तथा तराईतिर झर्ने गरेको बताउँदै उहाँले यसवर्ष कोरोनाले सबैलाई त्रसित बनाएको बताउनुभयोे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij