Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

घोराही सिमेन्टको आईपीओ बाँडफाँट -कसले कति पाए ?

घोराही सिमेन्टको आईपीओ बाँडफाँट -कसले कति पाए ?

  • काठमाडौँ । घोराही सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टले आज आईपीओ बाँडफाँट गरेको हो । 

    images
    images
    images

    कम्पनीले आईपीओमा यही असार २५ गतेसम्म आवेदन खुलाइएको थियो । जसमा ५ लाख ५७ हजार ७०१ जनाको भ्यालिड आबेदन परेको थियो । उक्त समयमा ७७ लाख ९३ हजार ७१० कित्ता सेयरको लागि आवेदन परेको थियो । 

    यसमध्ये १० देखि ७० कित्ता सेयर माग गर्ने आवेदकले सोहीअनुसारको आईपीओ पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म सेयर माग गर्ने आवेदकले ७० कित्ताका दरले आईपीओ पाएका छन् । 

    कम्पनीको सेयरमा ५ लाख ५३ हजार ४४ जनाले ७० कित्ता सेयर माग गरेका थिए । यसै गरी ८० देखि ३० हजार कित्तासम्म आईपीओ माग गर्नेको सङ्ख्या ४ हजार ६५७ रहेको थियो । आइपीओ बाँडफाँट गरेर बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर भने गोलाप्रथाबाट बाडफाट गरिएको कम्पनीले जनाएको छ । 

    कम्पनीले सर्वसाधारणहरूलाई लक्षित गरेर कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्री खुलाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij