Jun 22 2026 | २०८३, असार ८ गते
काठममाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रामकुमार केसीले आफ्नो वडा देशकै सबैभन्दा शिक्षीत जनता बस्ने वडा भएको बताएका छन् । वडाले बुधबार आयोजना गरेको धुमपानविरुद्धको सचेतना कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले देशको राजधानी काठमाडौं भएको र राजधानीको पनि राजधानी वडा नम्बर दश भएको दाबी गरेका हुन् ।
वडा अध्यक्ष केसीले काठमाडौं महानगरपालिकाले फूटपाथ व्यवस्थापन गर्ने निर्णय गरेसंगै उक्त निर्णयलाई आफ्नो वडाबाट पहिलो पटक कार्यान्वयन गराएको स्मरण गराउँदै वडाको धुमपानविरुद्धको सचेतना कार्यमा समेत वडा बासी,नगर प्रहरी लगायत सबैले सहयोग र सहकार्यमा सफल पार्नुपर्ने धारणा राखे ।
वडाको नेतृत्वमा आफूहरू आएपछि साक्षरता दर बढेको जनाउँदै उनले भने,‘हाम्रो वडामा नेपाल भरमा सबैभन्दा धेरै ९३ दशमलव ९८ प्रतिशत साक्षर नागरिक बसोबास गर्दछन् । तर,हामी आएपछि स्वास्थ्य सेविका,टोल सुधार समिति लगायत सबैको प्रयासले नेपालको धेरै साक्षरता भएको वडामध्ये एक नम्बर हुनपुगेको छौं । म सबैलाई बधाई दिन्छु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij