Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एनआईसी एसिया बैंक २६औं वर्षमा प्रवेश

एनआईसी एसिया बैंक २६औं वर्षमा प्रवेश

  • काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड आजबाट २६ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २६औं वार्षिकोत्समा सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पमा देशकै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै गएकोप्रति आभार प्रकट गरेको छ ।

    images
    images
    images

    यस्तै, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।

    त्यसैगरी, बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरू प्रदान गर्दै थप नयाँ उचाइ र आयाम थप्ने अठोटसमेत व्यक्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij