Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

गाजामा खाना बोकेको ट्रक भिडमाथि पल्टिदा २० जनाको मृत्यु

गाजामा खाना बोकेको ट्रक भिडमाथि पल्टिदा २० जनाको मृत्यु

  • काठमाडौँ । गाजामा खाना बोकेको ट्रक भिडमाथि पल्टिदा २० प्यालेस्टिनीको मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसालले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मध्यरातमा घटना भएको हो ।

    images

    इजरायली सेनाले एएफपीलाई यी रिपोर्टहरूको अनुसन्धान गरिरहेको बताएको छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार, मे महिनाको अन्त्यदेखि खानाको खोजीमा १३ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

    इजरायली सरकारले केहि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई गाजामा यात्रा गर्न र त्यहाँको अवस्थाको बारेमा स्वतन्त्र रूपमा रिपोर्ट गर्न रोक लगाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij