
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार मोदी एससीओ शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका हुन् । यो भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ ।
०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ ।मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए ।
यो उनको चीनको छैटौं भ्रमण हुनेछ । यसअघि, प्रधानमन्त्री मोदी अगस्ट ३० मा जापानको भ्रमण गर्नेछन् । यहाँ उनी भारत-जापान शिखर सम्मेलनमा भाग लिनेछन् ।
गत महिना विदेशमन्त्री एस. जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए ।
जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवाद विरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार, यो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij