Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

चिनी मिलको गेट अगाडि किसानहरुको विरोध प्रदर्शन

चिनी मिलको गेट अगाडि किसानहरुको विरोध प्रदर्शन

  • काठमाडौँ । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    उखु उत्पादक संघ रौतहटको अगुवाइमा मंगलबार किसानहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

    images

    उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकारले दिने भनिएको अनुदान रकम तुरुन्त उपलब्ध गराउनु पर्ने बताए ।

    उनले ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दिनुपर्ने  र ३५ रूपैयाँ कटौती खारेज गर्नुपर्ने लगायत आफूहरुको मुख्य माग भएको जानकारी दिए ।

    उनका अनुसार ८१-८२ मा बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी अनुदान रकम अझै किसानले पाएका छैनन् ।

    images

    यद्धपी आफूहरुको मागमा सरकारले चासो नदिए देशभर चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।

    यहि भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्ने उनले घोषणा समेत गरे । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराका अनुसार  सरकारले पूर्ण अनुदान नदिए उखु उत्पादन घट्ने र उद्योगहरू आधा क्षमतामा सीमित बन्ने सक्ने छ ।

    आर्थिक वर्ष २०८१-८२ मा सरकारले दिने भनिएको अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने अडान उखु किसानको छ । किसानहरूले सरकार, उद्योग र व्यापारीबीच त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२-८३ का लागि उखुको मूल्य यथाशीघ्र निर्धारण गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij