Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सूदुरपश्चिममा लेखराजको 'इन्ट्री', भीड 'शानदार'

सूदुरपश्चिममा लेखराजको 'इन्ट्री', भीड 'शानदार'

  • काठमाडौँ ।  नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा हजारौंको हजार संख्यामा जनसहभागिता जुटेको छ। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले।

    onlinepatrika
    Arghakhachi

    सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार धनगढी उतारेका थिए। र, यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराए।

    AGNI GROUP

    माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्थे। पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन। सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल। दाहालकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको पाएपछि उनी असन्तुष्ट बनेका थिए।

    पार्टी एकीकरणको अढाई वर्षपछि मात्रै भट्ट ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै ओलीले भट्टलाई साथ लिएका थिए। रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो। त्यसपछि दुई नेताको राजनीतिक धार बदलियो। रावल ओलीका कट्टर विरोधी बने।

    भट्ट दाहालको प्यानल त्यागेर ओलीनिकट भए। पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए। भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज हुन्। नेता भट्टले २०६४ को संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए। उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij