Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

चार पूर्वप्रधानन्यायाधीश जुटेपछि संकटमा चोलेन्द्र

चार पूर्वप्रधानन्यायाधीश जुटेपछि संकटमा चोलेन्द्र

  • काठमाडौँ । नेपाली इतिहासमै पहिलो पटक ४ पूर्वप्रधानन्यायाधीश सरकारको विरोधमा एक ठाउँ उभिएका छन् । पूर्वप्रधानन्यायाधीशहरूको समूहका तर्फबाट मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी संविधानमा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि बाहेकको कुनै पनि अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको स्पष्ट पारेका छन्।

    onlinepatrika
    Arghakhachi

    ४ पूर्वप्रधानन्यायाधीशको यो विज्ञप्तिसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चुनौती थपिएको छ । यस अघि उच्च अदालतका वरिष्ठ न्यायाधीशहरूले पनि प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गराउन प्रधानन्यायाधीश जबरालाई सुझाएका थिए।

    AGNI GROUP

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको अर्को सुनुवाइ आगामी पुष २९ गते हुँदैछ । हिजो बिहिवारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।137074120_3801413676546163_3831075664254057071_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij