Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

पुष्पाको मृत्यु प्रकरण : १७ लाख रुपैयाँ सापटी लिएका व्यक्ति पक्राउ

पुष्पाको मृत्यु प्रकरण : १७ लाख रुपैयाँ सापटी लिएका व्यक्ति पक्राउ

  • काठमाडौं । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानका लागि प्रहरीले उनीसँग पैसा लिएका व्यक्तिसहित चार जनालाई पक्राउ गरेको छ । छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जना पक्राउ परेका हुन् ।

    images
    images
    images

    पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । आफन्तका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । सोही रकमका कारण घटना भएको हुन सक्ने उनीहरूको दाबी छ ।

    images

    पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।

    images

    गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन पाँच दिनअघि मृत फेला परेकी थिइन् । आफन्तले पुष्पा आफैँ झुन्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij