Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सन नेपाल लाईफको आईपीओ बिक्रीमा

सन नेपाल लाईफको आईपीओ बिक्रीमा

  • काठमाडौं । सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री बिहिबारदेखि खुलाएको छ । आजदेखि कम्पनीले सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमियम मूल्य थपेको छ ।

    images
    images
    images

    कम्पनीको आईपीओ खरिद गर्न सर्वसाधारणले  प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई कम्पनीले आईपीओ बाँडफाँड गरिसकेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो ।

    सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ७६लाख ८० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । एसबीआई क्यापिटल सेयरको बिक्री प्रबन्धकमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij