Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रचण्ड र नेपाललाई प्रधानमन्त्री ओलीको व्यंग्य- ‘कमेडी शो मा पठाइदिए हुने’

प्रचण्ड र नेपाललाई प्रधानमन्त्री ओलीको व्यंग्य- ‘कमेडी शो मा पठाइदिए हुने’

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई कमेडी शो मा जान सुझाएका छन् । नेकपाको अर्को समूहमा रहेका दाहाल र नेपालले सूर्य चिन्ह दाबी गरेको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘२०७४ असोज टिकाको दिन दुबै सूर्य चिन्हमा लड्ने सहमति भयो। भोलिपल्ट उहाँहरुले मान्नु भएन,’ उनले भने, ‘अण्डाभित्रको हसियाँ हथौडामा लडे। अहिले तिनलाई सूर्य चाहियो रे। लाज लाग्नुपर्ने होइन् ? यस्तो मजाक एउटा कमेडि शो छ नि, त्यता पठाइदिए हुने।’

    AGNI GROUP

    यस्तै ओलीले माधव नेपाललाई व्यंग्य गर्दै चुनाव हारेका अन्तैबाट रिमोट दबाएर प्रधानमन्त्री बनेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij