Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

अब देशमा नेकपा टुकी बालेर खोज्नुपर्छः नेता केसी

अब देशमा नेकपा टुकी बालेर खोज्नुपर्छः नेता केसी

  • काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद् जगदीशश्‍वर नरसिंह केसीले अब देशमा नेकपा टुकी बालेर खोज्नुपर्ने बताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी पनि उनले दिए ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश ‘क’ ले तादी गाउँपालिकास्थित खरानिटारमा गरेको कार्यक्रममा काँग्रेसका युवा नेता समेत रहेका केसीले जस्तोसुकै शक्तिशाली पार्टी भनिएपनि अन्ततः नेपाली कांग्रेससंग टिकन्न नसक्ने बताए ।

    AGNI GROUP

    नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई ‘खड्ग ओलीको खड्ग’ले काट्ने काम भएको टिप्पणी गरे ।

    अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै उनले लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij