
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा ५८ प्रतिशत वृद्धि भएको छ ।
खुद नाफा ७ करोड ८८ लाख रुपैयाँ आर्जन भएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आवमा कम्पनीले रू ४ करोड ९८ लाख नाफा कमाएको थियो । अघिल्लो आवमा कम्पनीले विक्रीबाट रू ७ अर्ब १७ करोड आम्दानी गरेकोमा गत आवमा रु ८ अर्ब ७८ करोड भन्दा बढी आम्दानी गर्न सफल भएको छ । गत आवमा कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ ।
अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेकोमा गत आवमा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. २७ करोड ८८ लाख रहेको छ । कम्पनीले जगेडामा रू. १ अर्ब ३६ करोड सञ्चिति गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij