Jun 16 2026 | २०८३, असार २ गते
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझिले निवासी उहाँ लाइभकियर फर्मास्युटिकलका प्रबन्धक हुनुहुन्थ्यो ।
शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उहाँ सवार मोटरसाइकल दुर्घटना भएको हो । मे३प ९८९६ नंको मोटरसाइकलमा सवार ढकाल आफँै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसैगरी शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे२प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij