
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा ताम्राकारको निधन भएको थियो । ताम्राकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।
गत असारमा छोरा सारुक ताम्राकारको मृत्यु भएपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । साउनको दोस्रो हप्ता नर्भिक उनी अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । थुप्रै चलचित्र तथा सिरियलमा ताम्राकारले अभिनय गरेका थिए ।
ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij