
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य यथावत रहेको छ । गत शुक्रबार १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij