Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अभिनेता ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

अभिनेता ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

  • काठमाडौं । अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । उनको शवलाई आइतबार बिहानदेखि श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

    images
    images
    images

    कलाकार संघले ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन गरेको थियो । ताम्राकारको पार्थिव शरिरमा कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए । आर्यघाटमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका कलाकार उपस्थित थिए । यस्तै कलाकारहरु धीरेन शाक्य, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायत पनि आर्यघाट पुगेका थिए ।

    ७४ वर्षका ताम्राकारको निधन शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए । छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनले पुत्रवियोग समेत खेपेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij