
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जना पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मुद्रासहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij