
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् ।तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । यसअघिप्रिमियर इन्स्योरेन्स कम्पनीको उनी सीईओ थिए ।
ओरियन्ट इन्स्योरेन्सको बजार अधिकृतबाट बीमा क्षेत्रको यात्रा सुरु गरेका तिमिलाले लामो सयमसम्म नेको इन्स्योरेन्स कम्पनीको पनि नेतृत्व सम्हालेका थिए । उनले जनकपुर मुख्यालय रहेर प्रदेश २ क्षेत्रमा बीमा व्यवसाय अघि बढाउने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij