
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij