Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

राजनीतिक संकटको सामना गर्दै नेपाल, चीन

राजनीतिक संकटको सामना गर्दै नेपाल, चीन

  • काठमाडौँ । तीन वर्ष अघि दुई कम्युनिष्ट पार्टीहरूको गठबन्धनले सत्तामा प्रवेश गर्दा दक्षिण एसियामा क्षेत्रीय प्रभावको प्रतिस्पर्धामा नयाँ दिल्लीको बीचमा बेइजिङको भूराजनीतिक जीतको रूपमा हेरिएको थियो । तर, हाल आएर बेइजिङले त्यो फाइदा गुमाउन सक्ने आँकलन गर्न थालिएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

     प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । सोही दिन संसद भंग भएको थियो । चीनले एक प्रतिनिधिमण्डल काठमाण्डु पठाएको थियो ।प्रधानमन्त्री ओलीले मार्क्सवादी–लेनिनवादी र माओवादी पार्टीहरूको गठबन्धन सत्तारुढ नेकपाभित्र प्रतिद्वन्द्वी गुटहरूका कारण सरकारले काम गर्न नपाएको गुनासो गरे ।चीनले आफ्नो अन्तर्राष्ट्रिय विभाग केन्द्रीय कमिटीका चार जना सदस्यलाई काठमाण्डु पठाएको थियो । नेपालका लागि चीनका राजदूत होउ यान्छीले पनि पार्टी एकतालाई प्रोत्साहित गर्ने उद्देश्यले गत बर्ष कम्युनिष्ट नेताहरूसँग भेटघाट गरेकी थिइन् । उनलु दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपालाई मिलाउन महत्वपूर्ण भूमिका खेले पनि त्यो सफल नभएको बताइएको छ ।

    AGNI GROUP

    चीन एक प्रकारको वामपन्थी गठबन्धन गठन गर्नमा लागिरहेको छ, जबकि भारतले यो हुनबाट रोक्न खोज्न सक्छ’, पाण्डेले भने, ‘चीनले शान्त कूटनीति प्रयोग गर्ने क्रममा काठमाण्डुमा उत्तेजक कूटनीतिक मुद्रा बनाएको थियो । तर हालसालै यो परिवर्तन भएको छ । वर्तमान राजनीतिक घटनाक्रममा चीन एकदमै देखिने छ । जबकि भारत जनताको आँखाबाट धेरै टाढा छ’, पाण्डेले थपे, ‘उल्टो र स्तब्ध पार्ने राजनीतिक घटनाक्रमपछि नयाँ दिल्लीको प्रभाव काठमाण्डुमा बढ्न सक्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij