
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य दोषी ठहर भएका छन् । शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विशेष अदालतले विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो ।
गत बुधबार उनीमाथि विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद थारुको इजलासले एक वर्ष कैद सजाय हुने फैसला समेत गरेको छ । १२ करोड ३९ लाख रुपैंया सम्पत्ति जोडेका शाक्यले एक करोड ६१ लाख रुपैयाँ मात्रै वैध आर्जन गरेको भन्दै अख्तियारले १० करोड ७७ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij