Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ । रास्वपाले कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने जनाएको छ ।
रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् । अनलाइनबाट वडा तहको समितिका लागि उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार दर्ताका लागि असोज २ देखि २० सम्म आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ ।
वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।वडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेला मार्फत गठन भएका वडाहरुको असार मसान्त भित्र अद्यावधिक गर्ने सूचना जारी गरिएको थियो । सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भएको जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij