
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपाल टेलिकमले प्रदान गर्दै आएको टेलिफोन सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए ।
अप्टिकल फाइबर मर्मतको काम चलिरहेकाले आजै सेवा सुचारु हुने प्याकुरेलले बताए । टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि लाखौँ ग्राहक मारमा परेका छन् । नेपाल टेलिकमको सेवा अवरुद्ध हुदाँ एनसेलको प्रयोग भैरहेको भएपनि सबैठाउँमा एनसेल सेवा नहुदाँ नागरिक सञ्चार विहिन भएकाछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij