Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

हन्ड्रेड पुरुष प्रतियोगिता आजदेखि बेलायतको लर्ड्समा शुरू हुँदै

हन्ड्रेड पुरुष प्रतियोगिता आजदेखि बेलायतको लर्ड्समा शुरू हुँदै

  • काठमाडौं । हन्ड्रेड पुरुष क्रिकेट प्रतियोगिता २०२५ आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल इङ्ग्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ११ बजे शुरू हुनेछ ।

    images
    images
    images

    लन्डन स्पिरिट र ओभल इनभिन्सिबल्स बीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ । लन्डन स्पिरिटको कप्तानी न्युजिल्यान्डका केन विलियमसनले गर्नेछन् ।

    images

    ओपनिङमा अष्ट्रेलियाका डेभिड वार्नर र इङ्ग्ल्यान्डका कीटन जेनिङ्स रहने सम्भावना छ । ओभल इनभिन्सिबल्सको कप्तानी तथा विकेट किपिङको जिम्मेवारी साम बिलिङ्सले सम्हाल्ने छन् ।

    उद्घाटन खेलले हन्ड्रेड प्रतियोगिताको लय निर्धारण गर्नुका साथै दुवै टोलीको रणनीति, तयारी र खेल कौशलको परीक्षण गर्नेछ । सन् २०२१ बाट यो प्रतियोगिता आयोजना हुन शुरू भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij