
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमका बीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ ।
लामो छलफलपछि आज बिहान मात्रै समितिमा सहमति जुटेसँगै प्रतिवेदन पारित भएको थियो । प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार भएको ठहर गरिएको छ ।
छानबिन समितिमा कांग्रेस सांसद जीवन परियार सभापति, कांग्रेस सांसद सुशीला थिङ सदस्य, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । यस्तै माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij