Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

अब हट्नेछ भुस्याहा कुकुरको समस्या

अब हट्नेछ भुस्याहा कुकुरको समस्या

  • गलकोट । खेमराज गौतम  र तारानाथ आचार्य । भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसका लागि दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिनुभयो । सोमध्ये बिहीबार ७९ कुकुर तथा शुक्रबार ८८ गरी जम्मा १६७ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।

    AGNI GROUP

    यस्तै २२८ कुकुरलाई रेविज विरुद्धको सुई लगाइएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडाछोडिएका कुकुर तथा घरपालुवा कुकुरलाईसमेत बन्ध्याकरणमा समावेश गरिएकोे छ । कुकुरकै टोकाइबाट कयौँ घाइते भएर पोखरा र काठमाडौँसम्म उपचार गर्न जानुपर्ने समस्या समेत हुँदै आएको छ ।

    बन्ध्याकरण शिविरमा रेविज विरुद्धको खोप पनि लगाइएको थियो । वरिष्ठ पशु चिकित्सक  शङ्कर पाण्डे, अर्जुन अर्याल, विकास गिरी, खितबहादुर श्रेष्ठलगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजीकरण गर्नुभएको थियो ।

    शिविर सञ्चालन गर्दा २०० कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने ६ वटा एउटाले पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेविज रोग पनि घट्ने भएकाले यो अभियान शुरु भएको हो ।” श्रेष्ठले  भन्नुभयो,“बन्धयाकरणले कुकुरको सङ्ख्या तत्कालै नघटे पनि विस्तारै कम भएर जानेछन् ।” भुस्याहा  कुकुरलाई न्यूनीकरण गर्न तथा सन् २०३०सम्म रेविज उन्मूलन गर्नका लागि बन्ध्याकरण थालिएको उहाँको भनाइ छ ।

    यस्तै पशु चिकित्सक  अर्जुन अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भए पनि लामो समय दुःखाइ नहुने गरी औषधि दिने गरेको बताउनुभयो । उहाँले एक दिनमा ६० भन्दा बढी कुकुरको बन्ध्याकरणसमेत गरेको जानकारी दिनुभयो ।

    जिल्लामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि ती निकायले  पाँच लाख विनियोजन गरेका हुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन बागलुङ नगरपालिका–१३ पैयूँपाटाबाट आउनुभएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताउनुभयो ।

    धेरै कुकुर पाल्न नसकिने र रेविज विरुद्धको खोप लगाउने भएकाले आफूले कुकुर लिएर आएको उहाँले बताउनुभयो । यसबाट कुकुरको सङ्ख्या नियन्त्रण हुने र टोकीहाले पनि रेविज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको जानकारी दिनुभयो । जिल्लाका विभिन्न ग्रामीण भेगमा कुकुरले मानिस तथा पशु चौपायालाई टोकेर घाइते बनाएका घटना पनि समय समयमा आउने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij