
May 14 2025 | २०८२, वैशाख ३१ गते
ललितपुर । निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । संघको १४ औं साधारणसभा तथा सातौं अधिवेशनले महर्जनसहित १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहन कृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिहर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्याम कुमार गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै कार्य समिति जनजाति सदस्यमा कृष्ण कुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगत बहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्र कुमार लामा निर्विरोध निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij