Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ?’

‘केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ?’

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई  बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट गर्नुभयो । 

    onlinepatrika
    Arghakhachi

    “निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने स्थिति स्थायित्व र स्थिरताको  होइन, अहिले चाहिँ हो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “ अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन ।” केही व्यक्तिले प्रधानमन्त्रीबाट राजीनामा दिएको  भए हुने भन्ने सुझावलाई प्रधानमन्त्रीले भन्नुभयो, “कतिपयलाई केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने रु कसलाई छाड्ने रु यो प्रधानमन्त्रीको जिम्मेवारी हो । यो जनताले सुम्पिएको अभिभारा हो । जस्तोसुकै अवस्थामा जस्तासुकैलाई पनि सुम्पिन मिल्दैन ।”

    AGNI GROUP

    उहाँले बहुमत कसैको आएन भने, दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सकेन भने, प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत ल्याउन सकेन भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट निर्वाचनको नयाँ मिति तोक्ने सक्ने व्यवस्था भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “चुनाव हुनु अस्थिरता होइन, संविधानको सही तरिकाले कार्यान्वयन नहुनु अस्थिरता हो, संवैधानिक बाटोबाट जाँदा अस्थिरता हँुदैन ।” 

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई न्याय प्रदान गर्न बाधा पु¥याउने उद्देश्यले हुने काम रोक्नुपर्नेमा जोड दिनुभयो । “पूर्वन्यायाधीशहरुले कस्तो न्याय दिनुभयो होला, स्वतन्त्र न्यायलयमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर दवाव दिनुभएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो,“  उहाँहरुले राजनीतिक पक्षधरता लिएर काम गर्नुभएको छ, आफ्नौ हैसियतको दुरुपयोग गरेर न्यायालयलाई दुरुपयोग गर्नुभएको छ, न्यायालयलाई दबाबमा पार्नु हुँदैन ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले अदालतको स्वतन्त्रता र  शक्तिपृथकीकरणको सिद्धान्तलाई मानेर अघि बढेको पनि  स्पष्ट पार्नुभयो । 

    देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कर्तव्यबोध र जिम्मेवारीका साथ निर्वाचनमा जान सबैलाई आग्रह गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध तथा  दुई छिमेकीबीचको सम्बन्ध सुमधुर भएको पनि बताउनुभयो ।
     
    माघीमा बिदा

    वर्तमान सरकार कोभिड– १९ का बेलामा दूरी कायम गरी चेतना जगाएर अघि बढेको र  छिट्टै खोप ल्याएर समस्या समाधान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।  “सरकारलाई सबैभन्दा ठूलो महत्व नेपाली जनताको ज्यान हो, जनताको जीवन रक्षा गर्न सरकार सदा तयार छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “एकैदिन हामीले ३९६ अस्पतालको शिलान्यास गर्ने तयारी गरेका थियौँ, ३०९ स्थानमा अस्पतालको शिलान्यास भयो, अरु पछि भयो, यस्तो 

    कुनै वर्ष भएको थियो ? कुनै सरकारले गरेको थियो ?” 

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारले जाति, जनजाति र भाषाभाषीलाई सम्मान गरेको स्मरण गराउँदै  भन्नुभयो, “आज मात्रै मन्त्रिपरिषद्को बैठकले माघेसङ्क्रान्ति ९माघी०का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ, यो थारू जाातिका लागि मात्र होइन, सबै नेपालीका लागि हो ।” 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij